हुम्लामा चीनले सीमा मिचेको भन्दै लाेसपाद्वारा विरोध प्रदर्शन


न्युज अफ नेपाल,काठमाडौं ।

चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै लोकतान्त्रिक युवा संघले माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन्। उनीहरुले प्रदर्शनिका क्रममा नेपाली भूमि मिच्न पाइदैन भन्दै नाराबाजी गरेका छन्।

हुम्लाको लिमि-लाप्चादेखि हिल्सासम्मको कतिपय भू-भाग चीनले अतिक्रमण गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन्। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी लोसपा को भातृसंगठनले विरोध प्रदर्शन गरेको हो।सो पार्टीका युवा नेता कृष्णा सिंहले चीनले नेपाली भूमि फिर्ता नगरुन्जेल विरोध प्रदर्शन जारी राख्ने बताए।