थप उपचारका लागि वर्षमान पुनलाई थाइल्याण्ड लगिँदै


न्यज अफ नेपाल, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनलाई उपचारका लागि थाइल्याण्ड लगिने भएको छ । उनलाई बुधबार बैंकक लगिने पारिवारिक सुत्रले पुष्टि गरेको छ । यसअघि ४ वर्ष पहिला पुनको उपचार बैंककमा भएको थियो ।

जण्डिसको समस्याबाट पीडित पुनको काठमाडौँस्थित सुमेरु असपतालमा स्वास्थ्य जाँच गरिएको थियो । उनको स्वास्थ्यबारे जानकारी लिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुन निवासमै पुगेका थिए ।