कार्यपालिका सदस्य शर्माको निधन


इनरुवा ।

सुनसरीको देवानगञ्ज गाउँपालिका कार्यपालिका सदस्य नरेश शर्माको आज निधन भएको छ ।  देवानगञ्ज तीन घर निवासी सदस्य शर्माको ६० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको नेपाली कांग्रेस सुनसरीका सचिव केदार भण्डारीले जानकारी दिनुभयो ।

स्व शर्माप्रति कांगे्रसका जिल्ला सभापति तथा प्रदेश नं १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला, गाउँपालिका अध्यक्ष लालिप्रसाद मेहता, जिल्ला सचिव भण्डारी, देवानगञ्ज गाउँ सभापति जगधर यादवलगायतले पार्टीको झण्डा ओडाएर अन्तिम श्रदाञ्जलि दिनुभएको थियो ।