सल्लाघारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


पुष्कर बुढाथोकी, भक्तपुर ।

अरनिको राजमार्ग अन्तरगत भक्तपुरको सल्लाघारी चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । सुर्यबिनायक नगरपालिका ३ बालकोट बस्ने ४५ वर्र्षीय गणेश रजौराको मृत्यु भएको हो । रजौराको भक्तपुर अस्पतालमा उपचारको क्रममा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

गए राति काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको ट्रकले प्रदेश ३ –०२ –००८ प २५०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।दुवै सवारीसाधन र ट्रक चालक भारत राजस्थान प्रदेश अलबर जिल्ला बस्ने बर्ष ५० को महादेव शर्मालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

मोटरसाईकलमा पछाडी सवार मध्यपुर थिमी नगरपालिका वडा नं ३ कौशलटार बस्ने बर्ष २८ का अमृत सिलवाललाई भने दुर्घटनामा घाईते भएकोमा उपचार पछि अस्पतालले डिस्चार्ज गरेको छ ।तीब्र गति र पानी परिरहेका कारण चिप्लो भै दुर्घटना भएको प्रहरी र दुर्घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।