प्रतीक्षा मिस नेपाल यूएस

14
Shares

मिस नेपाल यूएस २०२१ को उपाधि प्रतीक्षा शुक्लाले चुमेकी छन्।

अमेरिकाको न्युयोर्कमा हालै सम्पन्न प्रतियोगिताको अन्तिम स्पर्धामा उनी १० प्रतियोगीलाई पछाडि पार्दै विजेता घोषित भएकी हुन्।

प्रतियोगितामा कला न्यौपाने फस्ट र एलिशा लिम्बू सेकेन्ड रनर्सअप भए। सम्पन्न प्रतियोगिता मिस नेपाल यूएसको १०औं संस्करण हो। जसमा अमेरिकाको विभिन्न राज्यबाट नेपाली युवतीहरू सहभागी भएका थिए।

प्रतियोगिताको शीर्ष १० स्थानमा अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतीक्षा शुक्ला, प्रतिशा प्रधान, प्रीतिजा जैसी, रिया श्रेष्ठ, सुनीता अधिकारी, सान्यमिता श्रेष्ठ, सोन्याषा थापा र एलिशा लिम्बू पुगेका थिए।

न्युयोर्कको क्विन्स थिएटर (नाट्यकला) मा सम्पन्न कार्यक्रम पूर्वप्रतियोगीहरूको कोभिड–१९ परीक्षण गरिएको थियो। प्रतियोगिता सन् २०११ मा न्युयोर्कबाट शुरू भएको थियो।