भिडियोमा जस्ट आई लभ यु


फिल्म निर्देशक तथा लोकप्रिय कोरियोग्राफर गोविन्द राईको निर्देशनमा एक आकर्षक म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

गायिका सुमिता राईको गीत जस्ट आई लभ युमाथि राईले तयार पारेको म्युजिक भिडियो हालै सार्वजनिक भएको हो। सुमिताको स्वर रहेको गीतमा निर्मला राई परिवेशको शब्द रचना र शिलाबहादुर मोक्तानको संगीत रहेको छ। उक्त प्रेमिल गीतको म्युजिक भिडियोमा गगन शाही र अनुशा राईले अभिनय गरेका छन्। गोविन्द राईले निर्देशन तथा कृष लिम्बूको कोरियोग्राफी रहेको म्युजिक भिडियोमा दीपेन बस्न्यातको छायांकन रहेको छ।