सुजाता र प्रेरणालाई उपाधि



काभ्रेको बनेपामा आयोजित सौन्दर्य प्रतियोगितामा सुजाता तिमल्सिना र प्रेरणा तामाङले काभ्रे फेस्ट सिजन–२ को उपाधि जितेका छन्।

एल एन्ड एन मोडल एजेन्सीद्वारा आयोजित प्रतियोगितामा आँचल अधिकारी फस्ट, सेलिना श्रेष्ठ सेकेन्ड र अनुभव श्रेष्ठ थर्ड रनर्सअप भए भने अन्य सबैलाई विभिन्न विधामा उपाधि दिइएको छ।

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा १६ विवाहित अविवाहित महिला र पुरुष सामेल थिए। अनुष्का नेपालद्वारा सञ्चालित प्रतियोगिता संगीता श्रेष्ठको कोरियोग्राफिमा सम्पन्न भएको थियो। कार्यक्रम पनौती नगरपालिकाका नगर प्रमुख भीम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्