पदयात्रामा ११ देशका राजदूत सहभागी


टंकराज अधिकारी ।

४२औँ विश्व पर्यटन दिवसको अवसर पारी पोखरामा विभिन्न ११ देशका राजदूत सहित विशिष्ट कुटनीतिज्ञलाई पदयात्रा गराईएको छ । पोखराको पर्यटन क्षेत्र खुलासँगै सुरक्षित रहेको सन्देश दिन गण्डकी प्रदेश सरकारको निमन्त्रणमा आएका कुटनीतिज्ञलाई पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्ड र सरकारको पहलमा पदयात्रा गराइएको हो ।

कोरोना भाइरसको संक्रमणपछि थलिएको पर्यटन क्षेत्र लयमा फर्कन नसकेको अवस्थामा पोखराको पर्यटन क्षेत्र खुलासँगै सुरक्षित रहेको सन्देश दिन बिभिन्न ११ देशका राजदूत र विभिन्न कूटनीतिक नियोगका पदाधिकारी पोखरा ल्याईएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिनुभयो ।पर्यटन व्यवसायी र गण्डकी प्रदेश सरकारको पहलमा कतार, फिनल्याण्ड, बंगलादेश, जर्मनी, दक्षिण कोरिया, साउदी अरब, इजिप्ट, श्रीलंका, उत्तर कोरिया, थाइल्याण्ड, यूएईलगायत देशका राजदूत पोखरा आएका थिए । पदयात्रामा सहभागी कुटनीतिज्ञले पोखराको सुन्दरताबाट आँफूहरूमोहित बनेको टान पश्चिमाञ्चल क्षेत्रीइ संघका अध्यक्ष सुशिलराज पौडेलले बताउनुभयो ।

दुई दिनलाई पोखरा आएका राजदूत र अन्य आमन्त्रित पाहुनाहरू सोमबार विश्व पर्यटन दिवसका अवसरमा आयोजित पदयात्रामा सहभागी भएका हुन । कास्कीको अन्नपूर्ण गाउँपालिका १ नौडाँडाको अपांगमैत्री ट्रेलबाट सुरू भएको पदयात्रा भुमेको स्थान, खडगाउँ, गुप्तकालिका मन्दिर हुदै कास्कीकोट स्थित कश्यप ताल आएर करिव तीन घण्टामा टुंगिएको थियो। सन् २०१८ मा नौडाँडाबाट कास्कीकोट देउरालीसम्म नेपाल पर्यटन बोर्ड, यूएनडीपीले करिव ३ किलोमीटर अपांगमैत्री ट्रेल बनाएका थिए । पदयात्रा सहभागीलाई अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवर, विभिन्न आमा समूह तथा स्थानीयले स्वागत गरेका थिए ।

नेपाल आउनेमध्ये आधाभन्दा बढी पर्यटक पोखरा आउने बताइन्छ । अहिले पोखराको लेकसाइडमा विदेशी पर्यटकको संख्या न्यून भने छ । नेपाल घुम्न सुरक्षित रहेको सन्देश दिन ४२औँ विश्व पर्यटन दिवसमा पोखरामा पदयात्रा र सडक महोत्सव गरेर मनाइँदैछ ।पर्यटन दिवसको दिन सोमबार नै पोखरामा एक दिने सडक महोत्सव गरिएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा लेकसाइडको बाराही चोकदेखि खहरेसम्म डेढ किलोमिटर क्षेत्रमा महोत्सव गरिएको हो ।सडक महोत्सवमा राजदूज र कूटनीतिक नियोगका प्रतिनिधिलाई पनि सहभागी गराईएको थियो । पदयात्राबाट फर्किएर केही समय आराम गरेपछि उनिहरू साँझ आमन्त्रित पाहुना महोत्सवमा सहभागी गराईएको थियो ।