प्रतिनिधिसभामा एमालेको अवरोध कायमै, राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाइयो

प्रतिनिधिसभाको अर्को बैठक यही असोज १४ गते १ बजे बस्नेछ ।


न्युज अफ नेपाल,काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा -एमाले_ले प्रतिनिधिसभामा आज पनि अवरोध कायमै राखेको छ । बैठक प्रारम्भ हुनासाथ सदाझैँ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेकाे थिए ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट ‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण गरिएकोसम्बन्धी प्राप्त पत्रको व्येहोरा पढेर सुनाए ।

दुवै सदनको बैठकबाट पारित भई उक्त विधेयक यही असोज ७ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो । बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट दुई विधेयकका सम्बन्धमा प्राप्त सन्देशको जानकारी गराए ।

उनले राष्ट्रियसभाबाट आजै पारित ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ का सम्बन्धमा प्राप्त सन्देशको जानकारी गराएका  हुन  । प्रतिनिधिसभाको अर्को बैठक यही असोज १४ गते १ बजे बस्नेछ ।