हत्याकाे आरोपमा तीन जना पक्राउ


रौतहट ।

१८ बर्ष अघिको रिसिबीको बदला लिन रौतहटमा दुई साता अघि एक जनाको हत्या भएको खुल्न आएको छ । गत भदौ २६ गते घाँस काट्न गएका चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैडाटार निबासी ५० बर्षिय रोहिणी प्रसाद घोरासैनीको हत्यामा संलग्न पक्राउ परेपछि पुरानो रिसिबीको बदलामा हत्या भएको खुल्न आएको छ ।

कालापानी सामुदायिक बन उपभोक्ता समुहको जंगलमा हत्या गरेपछि रोहिणी प्रसाद घोरासैनीको शब साढे तीन फिटको रुखमा झुण्याईएपनि शब भने भुइमा नै लत्तारिएको थियो । सोही हत्यामा संलग्न रहेको आरोपमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले चन्द्रपुर नगरपालिका–३ निबासी ४५ बर्षिय प्रल्हाद फुयाल, पर्सा जिल्ला पर्सागढी नगरपालिका–१ सृजना टोल निबासी २४ बर्षिय रमेश पहरी, पुर्बी नवलपरासी जिल्ला कावासोती नगरपालिका–८ निबासी २३ बर्षिय सुर्य भण्डारी लाई पक्राउ गरेको छ ।

घटनाको मुख्य योजनाकार चन्द्रपुर नगरपालिका–४ कप्तानटोल निबासी ३८ बर्षिय सहदेब भन्ने डोल प्रसाद बोलखे भने फरार रहेको प्रहरीले जनाएको छ । घोरासैनीको हत्या गर्न योजना बनाउने बोलखेले पक्राउ परेका फुयालको सहयोगमा ३ लाखमा पहरी र भण्डारी लाई प्रयोग गरी हत्या गरेको खुल्न आएको छ ।

हत्या गरिएका रोहिणी प्रसाद घोरासैनीको बुवा भिमदत घोरासैनी लाइ ०६४ सालमा हत्याका योजनाकार बोलखेको परिबारले बोेक्सा बोक्सीको आरोप लगाएपछि भएको रिसीबि साध्न उनको हत्या गरेको खुल्न आएको छ । हत्यामा संम्लग्न रमेश पहरीले सहदेब बोलखे मार्फत बिभिन्न माध्यम बाट १ लाख १५ हजार बुझेको र अर्का आरोपी सुर्य भण्डारीले ७ हजार बुझेको अनुसन्धान बाट खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरी उपरिक्षक बिनोद घिमिरेले हत्या गरेपछि संलग्नहरुले आत्महत्याको प्रकृती देखाउन खोजेपनि अनुसन्धान बाट हत्या भएको खुलेपछि संलग्न लाई पक्राउ गरिएको बताउनु भयो । उहाले पक्राउ परेकाहरु लाई कर्तब्य ज्यान मुध्दामा जिल्ला अदालत गौर बाट म्याद थप गरी अनुसन्धान भैरहेको बताउनु भयो ।

तीन महिना अघिनै घोरासैंनीको हत्या गर्ने योजना बनेपनि उनीहरुले बनाएको अनुसन्धान बाट खुलेको छ । मृतकका श्रीमती पुर्ण कुमारी घोरासैनीले हत्यामा संलग्न लाई कडा भन्दा कडा कानुनी कारबाहीको माग गर्नु भएको छ ।