राष्ट्रसंघीय महासभामा आज नेपालले सम्बोधन गर्दै


न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रसंघीय महासभामा परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाली समय अनुसार आज मध्यरातमा सम्बोधन गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रको लन्च समयपछि नेपालको तर्फबाट परराष्ट्रमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । खड्काले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गदै सम्बोधन गर्न लागेका हुन् ।

उक्त सम्बोधनमा नेपालले यसपटक जलवायु परिवर्तन, कोरोना महामारी रोकथाम र खोपको समान वितरण, दिगो विकास लगायतका विषयहरुलाई उठाउने तयारी गरेको छ ।मन्त्री खड्का गैरआवासीय नेपाली संघ (एनआरएन)ले आयोजना गरेको अर्को कार्यक्रममा सहभागी भई मातृभूमिको सामाजिक, आर्थिक विकासका निम्ति लगानी, पर्यटन प्रवद्र्धनलगायत क्षेत्रमा लगानी जुटाउन आह्वान गरेको पनि जनाइएको छ । मन्त्री डा खड्का नेतृत्वको प्रतिनिधिमण्डल मङ्गलबार स्वदेश फर्कने छ ।