मनास्लु हिमाल आरोहण गर्दै कतारकी राजकुमारी


गोरखा ।

हिमाल आरोहणका लागि कतारकी राजकुमारी शेखा आस्मा अल थानी नेपाल आएकी छन् । उनले गोरखाको मनास्लु हिमाल आरोहण गर्ने तयारी गरिरहेकी छन् ।

उनले इलाइट हिमालय एड्भेञ्चर कम्पनीको साथ मनास्लुको तेस्रो शिविरमा हिमाल आरोहणको तयारी गरिरहेको कम्पनीले जनाएको छ । ३२ जनाको उक्त टिमको गाइडका लागि कीर्तिमानी आरोही मिङ्मा डेविड शेर्पा, निर्मल पुर्जा र मिङ्मा तेञ्जिङ शेर्पा खटिउका छन् । गत वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि नेपाल आएकी राजकुमारी शेखा मौसम प्रतिकूल भएपछि अहिले मनास्लु आरोहणका लागि तयारी गरिरहेकी छन् ।

यसअघि उनले दक्षिण अमेरिकाको ६,९६९ मिटरको माउन्ट एकोनकागुआ, अफ्रिकाको ५,८९५ मिटर अग्लो माउन्ट किलिमन्जारो र यूरोपको ५,६४२ मिटर अग्लो माउन्ट एल्ब्रस आरोहण गरिसकेकी छन्।