लमहीमा मेगा बैंकको नयाँ शाखा

14
Shares

काठमाडौं, (नेस) ।

मेगा बैंक नेपालले आइतबार दाङ जिल्लाको लमहीमा नयाँ शाखा विस्तार गरेको छ । लुम्बिनी प्रदेशअन्र्तगत दाङको लमही नगरपालिका वडा नम्बर ५ मा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यससँगै बैंकको शाखा संख्या दुई सय पुगेको छ । यसै आर्थिक बर्षमा बैंकले १३ वटा नयाँ शाखाहरु विस्तार गरिसकेको छ । निकट भविष्यमै थप ३ वटा शाखा विस्तार गर्ने मेगा बैंकको तयारी जनाएको छ ।