कास्की क्षेत्र ३ देउवा समूहको पोल्टामा क्षेत्र, जिल्ला र प्रदेशको निर्वाचनमा असर पर्ने डरले गोप्य

1.5k
Shares

न्युज अफ नेपाल, पोखरा ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न कास्की निर्वाचन क्षेत्र ३ देउवा समूहको पोल्टामा परेको छ । ३ निर्वाचन क्षेत्र रहेको कास्की क्षेत्र नं. ३ अन्तर्गत माछापुच्छे« गाउँपालिकामा देउवा समूहले कब्जा जमाएको हो । निर्वाचन समितिले दिएको जानकारी अनुसार अन्नपूर्ण गाउँपालिकामा मनपति भण्डारी र माछापुच्छे« गाउँपालिकामा विरेन्द्र गुरुङको नेतृत्वमा नयाँ समिति गठन भएको छ ।

अन्नपूर्णमा भने मनपति सर्वसम्मत चयन हुनुभएको हो । माछापुच्छे«मा देउवा समूहका विरेन्द्र गुरुङले मधुसुधन अधिकारीलाई हराउनुभएको थियो । अधिकारीलाई कास्की कांग्रेस नेता शुक्रराज शर्मा, पूर्वमन्त्री महादेव गुरुङको साथ थियो । यता पोखरा महानगरपालिकामा समेत देउवा समूहका सुरेन्द्रमान विजुक्छेले बाजी मार्नुभयो ।

उहाँका निकटम प्रतिद्धन्द्धी गंगाधर पराजुली ६८ मतले पराजित हुनुभयो । विजयी विजुक्छेलाई कास्कीका अधिकाशं नेताको साथ मिलेको थियो । उहाँलाई गण्डकी प्रदेश सरकारका मन्त्री कुमार खड्का र विन्दु थापाको पनि समर्थन थियो । पत्रकारिताबाट उदाउनुभएको नेता गंगाधर पराजुलीलाई पूर्वमन्त्री यज्ञबहादुर थापाको साथ रहेको थियो । पूर्वमन्त्री थापाका भान्जा गणेशबहादुर थापा सचिव पदमा निर्वाचित हुनुभएको छ ।

कास्कीको रुपा र मादी गाउँपालिकामा भने जिल्ला सभापति कृष्ण केसी र पूर्वमन्त्री थापा समूहले कब्जा जमाउनुभयो । मादीमा यमबहादुर गुरुङले केसी समूहका देवीजंग गुरुङलाई पराजित गर्नुभएको थियो भने रुपामा गाउँपालिका पूर्वमन्त्री थापा समूहका विमल न्यौपाने सर्वसम्मत चयन हुनुभयो ।

पालिका निर्वाचनमा नेताहरु स्पष्ट रुपमा आफ्नो उम्मेदवारबारे नखुलेपनि गोप्यरुपमा भने मत माग्नुभएको थियो । यसपछि हुने प्रदेश,क्षेत्रीय र जिल्ला अधिवेशनमा प्रभाव पर्ने डरले संयुक्त प्यानल घोषणा नगरी निर्वाचन गरिएको समाचार स्रोतको दाबी छ । पछिल्लो समय पार्टीभित्र चरम ध्रुवीकरण बढ्दै गएको छ ।

कास्कीमा देखिएको पछिल्लो ध्रुवीकरणले कास्कीका नेताहरुलाई महाधिवेशन प्रतिनिधि बन्न थप पेचिलो हुने राजनीतिक विश्लेषकहरु बताउनुहुन्छ । त्यस्तो त नेताहरु नै एक अर्कालाई हराउन गोप्य अभियान थाल्नुभएको छ ।

पोखरा नगर समितिमा सुरेन्द्रमान विजुक्छेको समर्थनमा मत माग्नुभएका मन्त्री द्धय कुमार खड्का र विन्दु थापाले आफ्नो निर्वाचन क्षेत्रबाट नगर सभापतिमा प्रत्यासी बन्नुभएका रामराज लामिछाने र मोहनप्रसाद बाँस्तोलालाई सहयोग नगरेको आरोप लाग्न थालेको छ । लामिछाने पोखरा ९ र बाँस्तोला पोखरा ११ का वडाअध्यक्ष समेत हुनुहन्छ । महाधिवेसन प्रतिनिधिको प्रत्यासी बन्नुभएको मन्त्रीद्धय बडारिन सक्ने स्रोतको भनाइ रहेको छ ।