पार्टीलाई दोह-याउन प्रकाशको प्रतिबद्धता


न्युज अफ नेपाल, ललितपुर ।

नेपाली काँग्रेस ललितपुर महानगर समितिमा गणेशभक्त श्रेष्ठको प्यानलबाट सहसचिवमा उम्मेदवारी दिनुभएका प्रकाश महर्जनले पार्टीलाई शुद्धिकरण गर्दै स्थानीय सरोकारका मुद्धा र एजेण्डामा नगर समितिलाई डोह-याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

२०५८ सालमा शंकर देव क्याम्पसबाट नेपाल विद्यार्थी संघको सदस्य भई राजनीतिमा प्रवेश गर्नुभएका महर्जनले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

नेपाल तरूण दल ललितपुर क्षेत्र न २ को क्षेत्रीय सचिव समेत रहनभएका महर्जनले प्यानलले सार्वजनिक गरेका प्रतिबद्धताको कार्यान्वयनमा आफू समर्पित भएर लाग्ने पनि बताउनुभयो ।‘

चुनावमा कुनै पनि लाभको पद तथा उम्मेदवारी दिदैनौं । उम्मेदवारलाई पूर्ण सहयोग गर्ने छौं ।सबैको अपनत्व हुने गरी फोटो सहितका कार्यक्रमहरू राखेर बार्षिक क्यालेन्डर बनाउने छौं ।’

उम्मेदवार महर्जनले भन्नुभयो । हरेक वडामा प्रतिनिधि एक जना प्रतिनिधि खटाउने , चुनावमा टिकट तथा क्रियाशील सदस्यत्ता बितरण देखि क्षेत्रीय प्रतिनिधिको मापदण्ड, मुल्यांकन नीति तर्जुमा गर्ने पनि सो प्यानलको प्रतिबद्धपत्रमा उल्लेख गरिएको छ ।

महानगर समितिमा श्रेष्ठको टिमको तर्फबाट उप–सभापतिमा राजिव जोशी र निशा महर्जन, सचिवमा कृष्ण प्रसाद धिताल र भुषण नाथ शर्मा, सह–सचिवमा राम मर्हजन उम्मेदवारी दिएका छन् । महानगरको अधिवेशन भोलि सोमबार हुनेछ ।