एनआरएनएको अध्यक्षमा कुल आर्चायद्वारा उम्मेदवारी घोषणा


काठमाडौँ । 

कुल आचार्यले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार उनले पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरे । एनआरएनएको महाधिवेशन यही असोज २८–३० सम्म काठमाडौँमा हुँदैछ ।

आचार्यले यसअघि पनि अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । उनी कुमार पन्तसँग पराजित भएका थिए ।पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा जन्मिएका आचार्यले हाल बेलायतमा व्यवसाय गरिरहेका छन् । उनी यसअघि पनि एनआरएनएको विभिन्न पदमा रहेर काम गरिसकेका छन् । आचार्यलाई सत्तारुढ दल नेपाली कांग्रेसले समर्थन गर्ने जनाइसकेको छ ।