१७ केजी अवैध लागूऔषध गाँजासहित १ जना पक्राउ


मोरङ ।

बिराटनगर महानगरपालिकाबाट लागुऔषध गाँजासहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका-१४ जतुवा बस्ने २५ बर्षीय आरती देवी यादवलाई १७ केजी अवैध लागूऔषध गाँजा सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।