कपनको ढलमा बेपत्ता बालकको शव ललितपुरमा फेला


न्युज अफ नेपाल, काठमाडौं ।

कपनको ढलमा खसेर बेपत्ता भएका १० वर्षीय बालक उज्वल विकको शव ललितपुरको महाङ्कालस्थित वाग्मती नदी किनारमा फेला परेको छ ।

गत मंगलबार उज्ज्वल कपनस्थित ढलमा खसेका उनको शव शनिबार साँझ फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् ।

उनका अनुसार आतइबार बिहान शव फेला परेको थियो । बालकको शव अनुहार चिन्न गाह्रो अवस्थामा रहेको छ । तथापि उनले कपन मावि लेखेको लुगा लगाएको भेटिएकाले पहिचान भएको उनले जानकारी दिइन् ।

शव फेला परेपछि प्रहरीले उज्ज्वलका परिवारलाई सम्पर्क गरेको थियो । परिवारबाट शवको सनाखत भएको ब्रजाचार्यले  बताइन् । प्रहरीका अनुसार शवको पोस्टमार्टमका लागि पाटल अस्पताल लगिँदै छ।