डा. पोखरेललाई ‘कलम के सिपाही’ अवार्ड


काठमाडौं ।

वल्र्ड ट्रेड ग्रुप नेपालका अध्यक्ष डाशम्भु पोखरेललाइ न्यूज  पेपर्स एसोसिएशनअफइंडियाले ‘कलम के सिपाही ‘ पुरस्कार प्रदान गरेको छ ।

डापोखरेलले पत्रकारीता क्षेत्रमा गरेको योगदान को सम्मान गर्दै आई एम एस गाजियावाद र न्यूजपेपर्स एसोसिएशन अफइंडियाले सो पुरस्कार प्रदान गरेको जनाएको छ । भारतिय जनता पार्टीका पुर्ब राष्टिफ्य सचिब तथा उत्तरा खन्डका पुर्व मुख्यमन्त्री तिर्थ सिहं रावतले अवार्ड हस्तान्तरण गरेका हुन् ।

न्यूज पेपर्स एसोसिएशन अफ इंडियाले आईएमएस गाजियाबाद (विश्वविद्यालय कोर्स क्याम्पस) भारत को सहयोगमा शुक्रवार भारतका ४० भन्दाबढि राट्रिय मिडियाकर्मीहरुलाई सम्मान गरेको हो। बिजनेश टेलिभिजनका अध्यक्षडा.शम्भु पाखेरेल सो समारोहमा अन्तराट्रिय सम्मान पाउने एकमात्र सञ्चारकर्मी हुन् । कार्यक्रममा भारतका अधिकांस मिडियाकर्मीहरु,शैक्षिक क्षेत्रमालब्धप्रतिष्ठित व्यक्तिहरु र समाज सेवीहरुको पनि उपस्थिती रहेको थियो ।

डा. शम्भु पोखरेललाई न्युजपेपर एशोसिएसनएफ ईण्डिया (नाई) ले दोश्रो पटककलमके शिपाहीअवार्ड प्रदान गरेको हो । र सो अवार्ड डा. पोखरेलको ८ औं अन्तराष्ट्रिय अवार्ड हो ।डा. पोखरेल नेपालको पत्रकारिता क्षेत्रमापछिल्लो २ दशकदेखि सकृय छन् भने उनको नेतृत्वमा नेपालको पहिलो बिजनेश टेलिभिजन सञ्चालनमा रहेको छ । वल्र्ड ट्रेड ग्रुप अन्तर्गत डा. पोखरेलका नेतृत्वमा दर्जन बढि कम्पनीहरु पनि सञ्चालनमा रहेका छन् ।