बुटवलमा पहिरो नियन्त्रणलाई मुख्य प्राथमिकतामा राख्न तीनै तहकाे सरकारसँग माग


यमलाल भुसाल, बुटवल ।

बुटवल ज्योती नगरको पहिरो नियन्त्रणलाई मुख्य प्राथमिकतामा राख्न सरोकारवालाहरुले माग गरेका छन् । पहिरो प्रभावित क्षेत्रका सरोकारवाला, विभिन्न संघसंस्था, बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि, पीडित परिवारको शुक्रबार बसेको बृहत बैठकले प्रदेश सरकार र संघीय सरकारले यसलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने भन्दै पहिरो नियन्त्रणका लागि ध्यानाकर्षण गराएको हो ।

ज्योतिनगर क्षेत्र विकास परिषदका अध्यक्ष सहदेव श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा सहभागी सरोकारवालाहरुले पहिरो नियन्त्रणका लागि विभिन्न सुझावहरु दिएका थिए । बुटवल उपमहानगरपालिका, प्रदेश सरकार, संघीय सरकारसँग पहिरो नियन्त्रणका लागि आवश्यक कार्य गर्न माग गरिएको बिकास परिषदका संस्थापक अध्यक्ष तथा चुरे तिनाउ बिकास मञ्चका संयोजक कमल गौतमले बताउनु भयो । उहाँले अन्य कामलाई थन्काई सरकार, राजनीतिक दलहरु, उद्योग बाणिज्य सघ, रुपन्देही ब्यापार संघ, रुपन्देही उद्योग संघ लगायत संघ संस्थाको पहिलो एजेन्डा पहिरो नियन्त्रण हुनुपर्ने बताउनुभयो ।

ज्योतीनगर क्षेत्रमा तत्कालै प्राबिधिक खटाइ पानीको मुललाई पाइप मार्फत सुरक्षित ढङ्गले ब्यबस्थापन गर्नुपर्ने र सरकारले तत्कालै विशेषज्ञ खटाइ पहिरो नियन्त्रणको लागि गुरुयोजना बनाइ कार्य गर्नु पर्नेठहर गरेको छ । मिनाहा गर्नु पर्ने, परिवारको एक सदस्यलाई स्वदेशमा वा विदेशमा सरकारी कोटामा रोजगार दिनुपर्ने निर्णय बैठकले गरेको छ ।बुटवल उपमहानगरपालिकाका प्रमुख शिबराज सुबेदीमाथि भएको भौतिक हमलाप्रति गम्भीर दुःख ब्यक्त गर्दै बैठकले उक्त घटना सुनियोजित नभएको ठहर गर्दै घटनामा संलग्न गणेश पंगेनीलाई थुनामुक्त गर्न माग गरेको छ ।