प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक सम्पन्न


काठमाडौं ।

प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक आज जंगी अड्डास्थित सगरमाथाहलमा आयोजित एक समारोहकाबीच सम्पन्न भएको छ ।
उक्त समारोहमा समापन मन्तव्य राख्दै प्रधान सेनापति महारथी प्रभुराम शर्माले नेपाली सेनाको क्षमतामा अभिवृद्धिका साथै तालिम तथा कल्याणकारीमा जोड दिई उच्च मनोबल सहितको कटिबद्ध फौज निर्माण गर्नुपर्ने बताउनु भएका छन् ।

नियमित रुपमा सञ्चालन हुने यस प्रकारको उच्चस्तरीय समन्वयात्मक बैठकमा भएका प्रस्तुतिकरण र उठान भएका विषयवस्तुहरुमाथि भएको गहन छलफल तथा आपसी अन्तरक्रियाबाट प्राप्त भएका अमूल्य राय सुझावहरुले नेपाली सेनाको नीति निर्माण तथा भावी योजना तर्जुमा गर्न उपयुक्त दिशानिर्देश गर्ने विश्वास नेपाली सेनाले लिएको छ ।