अन्नपूर्ण माबीलाई १ लाख २५ हजार बराबरका स्टेशनरी



कास्की ।

बाबा फ़ाउण्डेशन नेपालले रोटरी क्लब अफ़ पोखरा न्यूरोडको सहकार्यमा पर्वतको अन्नपूर्ण माध्यमिक विद्यालयलाई रु १ लाख २५ हजार रूपैया मूल्य बराबरका स्टेशनरी सामग्री सहयोग गरेको छ ।

फ़ाउण्डेशनले शुक्रवार बिधालय परिसरमा आयोजित एक कार्यक्रममा १ हज़ार ५ सय प्रति कपि, ६ सय वटा डटपेन, १ सय ५० वटा सिसाकलम, १०० वटा कटर र १०० वटा ईलेज़र गरी रु १ लाख २५ हजार रूपैया मूल्य बराबरका स्टेशनरी सामग्री वितरण गरेको छ ।
फलेवास नगरपालिका(१ कार्कीनेटा स्थित अन्नपूर्ण माबीमा आयोजित एक कार्यक्रममा सो स्टेशनरी सामग्री फलेवास नगरपालिकाका नगर प्रमुख पदमपाणी शर्माको प्रमुख आतिथ्यतामा वितरण गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि शर्मा, बाबा फ़ाउण्डेशन नेपालका सचिव टंकराज अधिकारी, फ़ाउण्डेशनका बोर्ड सदस्य एवं रोटरी क्लब अफ पोखरा न्यूरोडका पूर्व अध्यक्ष प्रेम प्रसाद शर्मा, रोटरी क्लब अफ पोखरा न्यूरोडका सचिव दुर्गा शर्माले बिधालय व्यवस्थापन समितिका अध्यक्ष डण्डपाणी शर्मा, विद्यालयका प्रअ पूर्णचन्द्र शर्मा र बिधालयका छात्रछात्रालाई उक्त स्टेशनरी सामग्री वितरण गरेका थिए ।स्टेशनरी सामग्री वितरण पश्चात नगर प्रमुख शर्माले सामाजिक संघ संस्थाले समाजमा गरेका मानवीय सेवाका कार्य अनुकरणीय रहेको बताउदै सहकार्य गरेर अघि बढ़न तयार रहेको बताए । संकटको समयमा पनि फ़ाउण्डेशन र रोटरी क्लबले सामुदायिक बिधालयमा अध्ययनरत बिधार्थीलाई शैक्षिक सामग्री वितरण गरेर प्रशंसनीय कार्य गरेकोमा धन्यवाद व्यक्त गर्नु भएको थियो ।


कार्यक्रममा बाबा फ़ाउण्डेशन नेपालका सचिव टंकराज अधिकारीले न्युनतम आवश्यकताको अभावमा बिद्यालय जानबाट वञ्चित बालबालिकाको सहारा बनेको फाउण्डेशनले विभिन्न जिल्लामा न्युनतम आवश्यकताको अभावमा बिद्यालय जानबाट वञ्चित बालबालिकालाई विद्यालय पुग्ने वातावरण तयार गर्नुका साथै बाल अधिकार संरक्षण र प्रवर्धन तथा वातावरण संरक्षणमा समर्पित हुदै विभिन्न कार्यक्रम गर्दै आएको बताउनु भयो ।

२०२२ सालमा स्थापित सामुदायिक बिधालयको २०७२ सालको भूकम्पले क्षेत्तिग्रस्त भएपछि पुनर्सम्रचनामा रोटरी क्लब अफ पोखरा न्यूरोडले भवन निर्माणमा महत्वपूर्ण सहयोग गरेको थियो । विधालयका भु पु बिधार्थी एवं रोटरी क्लब अफ़ पोखरा न्यूरोडका पूर्व अध्यक्ष प्रेम प्रसाद शर्माको पहलमा करिव २४ संकलन गरी भवन निर्माणमा योगदान पुर्रयाएको बिधालय व्यवस्थापन समितिका अध्यक्ष डण्डपाणी शर्माले बताउनुभयो ।विधालयका प्रधानाध्यापक पूर्णचन्द्र शर्माले बिधालयको गतिविधि बारे प्रकाश पार्दै बिधालय भौतिक रूपमा सम्पन्न भएपनि विधार्थीहरूका लागि आधुनिक शिक्षा प्रदान गर्न फ़ाउण्डेशन र रोटरी क्लबसँग सहकार्य गर्न इच्छुक रहेको बताउनु भयो । उहाँका अनुसार ७ सयको हाराहारी विधार्थी अध्ययनरत रहेको जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्