राष्ट्रसंघीय जलवायु सम्मेलनमा प्रधानमन्त्री देउवाले भाग लिने


न्युज अफ नेपाल, काठमाडौं ।

कात्तिक १५ गतेदेखि बेलायतमा आयोजना हुने राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप १६) मा प्रधानमन्त्री शेरबहादुर देउवासहितको नेपाली प्रतिनिधिमण्डलले भाग लिने भएको छ ।

नेपाल भ्रमणमा आएका कोप२६ का दूत तथा बेलायती कूटनीतिज्ञ केनओ फ्लार्टीले यस्तो जानकारी दिएका हुन् । सम्मेलनमा नेपालको तयारी र भाग लिने डेलिगेसनबारे उनले बिहीबार मुख्य सचिव शंकरदास बैरागीसँग छलफल गरेका थिए ।

मुख्य सचिव बैरागीले उक्त राष्ट्रसंघीय सम्मेलनमा प्रधानमन्त्री देउवाले भाग लिने कुराको जानकारी फ्लार्टी र बेलायती राजदूत निकोला पोलिटलाई दिएका थिए । कोप २६ नोभेम्बर १ देखि १२ सम्म बेलायतको ग्लास्गोमा आयोजना हुँदैछ ।