राष्ट्रियसभाको दोस्रो बैठक जारी


न्युज अफ नेपाल,  काठमाडौं ।

राष्ट्रियसभाको दोस्रो बैठक सुरु भएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध जारी छ ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गरिएको छ । छलफलमा कसैले पनि भाग लिन नचाहेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक निर्णयार्थ पेश गरेका छन् ।