सिद्धार्थ बैँकले जोन्टा क्लबअफ काठमाडौँलाई सहयोग प्रदान


काठमाडौँ ।

सिद्धार्थ बैंकले आजआफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत रु ४,९७,२०० को चेक जोन्टा क्लबअफ काठमाडौंलाई हस्तान्तरण गरेको छ।

उक्तकोषलाई जोन्टा अभियानको घरेलु हिंसामा जागरूकताफैलाउनको लागीप्रयोग गरिनेछ। सिद्धार्थ बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेँलले जोन्टा क्लबअफ काठमाडौँका अध्यक्ष सीमा गोल्छालाई चेक हस्तान्तरण गरे ।

जोन्टा काठमाडौंले हिंसा पीडित रहेकाचेली र महिलाहरुलाई सहयोग गर्न विभिन्न साझेदारहरु संग कामगरिरहेको छ र ललितपुर महानगरीय पुलिस १०० हेल्पलाइन संग पनिसहकार्य गरेको छ।

२००२मा स्थापित सिद्धार्थ बैंक लिमिटेड बैँकिंग र रेमिट्यान्स सेवाहरु प्रदानगर्ने नेपालको सबैभन्दा ठूलो निजी वाणिज्य बैंकहरु मध्यको एक हो। बैंकको देश भरीमा१८० वटाभन्दा बढी शाखाहरु छन् र यसको प्रधानकार्यालय काठमाडौं माअवस्थितरहेको छ।