१ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु


न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ६२९ जनाको पीसीआर परीक्षणमा ९४१ र ३ हजार ६१४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २९८ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ३२४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९६ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।