नेकपा एकीकृत समाजवादीमा पदाधिकारी टुंगीए


न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी)को पहिलो केन्द्रीय कमिटी बैठकले नेताहरूको कार्यविभाजन गरेको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले महासचिवसँगै ७ उपाध्यक्ष, तीन उमहासचिव र चार सचिवको टुंगो लगाएको हो ।

अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र नेता मुकुन्द न्यौपानेपछि उपाध्यक्षको वरियता रहेको छ । उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ साह र जयन्तरी राई रहेका छन् ।

त्यस्तै पार्टीको महासचिवमा डा. बेदुराम भुसाललाई चयन गरिएको छ भने उपमहासचिबमा प्रकाश ज्वाला, गंगाधर तुलाधर र विजय पौडेल चयन भएका छन् । यस्तै सचिवमा नागेन्द्रप्रसाद चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र रामकुमारी झाँक्रीलाई चयन गरिएको छ । बैठकले ३५ सदस्यीय स्थायी कमिटी गठन गरेको प्रचार विभाग प्रमुख जगनाथ खतिवडाले जानकारी दिए । उनका अनुसार ७१ सदस्यीय पोलिट ब्यूरो र पूर्ण र वैकल्पिक गरी ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ ।

यी हुन नेकपा एसका पदाधिकारी :

अध्यक्ष- माधवकुमार नेपाल

वरिष्ठ नेता- झलनाथ खनाल

नेता- मुकुन्द न्यौपाने

उपाध्यक्ष- राजेन्द्र पाण्डे

उपाध्यक्ष- प्रमेश हमाल

उपाध्यक्ष- घनेन्द्र बस्नेत

उपाध्यक्ष- केदार न्यौपाने

उपाध्यक्ष-केशवलाल श्रेष्ठ

उपाध्यक्ष-धर्मनाथप्रसाद साह

उपाध्यक्ष- जयन्ती राई

महासचिव- डा. बेदुराम भुसाल

उपमहासचिव- प्रकाश ज्वाला

उपमहासचिव- डा. गंगालाल तुलाधर

उपमहासचिव- डा. विजय पौडेल

सचिव- नागेन्द्रप्रसाद चौधरी

सचिव- जगन्नाथ खतिवडा

सचिव- राजेन्द्रकुमार राई

सचिव- रामकुमारी झाँक्री