पार्टी कब्जा गर्न देउवाले गुण्डागर्दी शैली अपनाएको शेखरको आरोप


न्युज अफ नेपाल, काठमाडौ ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी कब्जा गर्न ‘गुण्डागर्दी’ शैली अपनाएको आरोप लगाएका छन् ।

सर्लाहीको क्रियाशील विवादबारे धर्नामा रहेका कार्यकर्तामाथि प्रदेश २ का युवा मन्त्री सुरेन्द्र सिंहले ‘हातपात’ गरेको भन्दै कांग्रेस कार्यालयमा गरिएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो गुण्डागर्दी कांग्रेसमा आजसम्म नभएको बताए ।

‘पार्टी कब्जा गर्न सभापतिजीले बल प्रयोग गर्नुभएको छ । डडेल्धुरामा प्रहरी प्रशासन लगाएर अधिवेशन गरिएको छ । यहाँ धर्नामा बसेका कार्यकर्तामाथि हातपात भएको छ ।