एमालेकाे केन्द्रीय कमिटी बैठक शुक्रबार बस्दै


न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा (एमाले)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । शुक्रबार र शनिबारका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको पार्टी केन्द्रीय कार्यालय सचिब शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

उनका अनुसार बैठकले विधान महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधनको प्रस्ताव पारित गर्नेछ । विधान महाधिवेशन यही असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनमा ३ हजार प्रतिनिधिले भाग लिनेछन् ।

बैठक बिहान ११ बजेदेखि बैठक सुरू हुनेछ।