एकीकृत समाजवादीको महासचिवमा डा.बेदुराम भुसाल


न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) पार्टीको महासचिवमा डा बेदुराम भुसाल चयन हुने भएका छन् ।आज (बिहीबार) बिहान उपलब्ध स्थायी कमिटीका सदस्यहरुले भुसाललाई महासचिव बनाउने सहमती  भएकाे हाे ।यो सहमति आज बस्ने पार्टीको केन्द्रीय कमिटीको बैठकमा पेस गरिने र घोषणा गरिने ती नेताको दाबी छ।

महासचिव बन्ने दौडमा डा. भुसालसंगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेललगायत नेताले पनि थिए। तर सचिवालय बैठकले भुसाललाई नै महासचिव बनाउने सहमति जुटाएको हो । मंगलबार देखि शुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिँदैछ ।