न्युज अफ नेपाल, काठमाडौं ।
प्रतिनिधिसभा बैठकको भोलि बिहिबार बस्दैछ । बिहिबार बस्ने बैठकको सम्भावित कार्यसूची तयार भएको छ । संसद सचिवालयले बुधबार सम्भावित कार्यसूची सार्वजनिक गरेको हो । सचिवालयका अनुसार बजेटसँग सम्बन्धित २ वटा विधेक पारित गर्ने कार्यसूची छ ।
आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ । यी दुई विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नेछन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार अवरोध गरे पनि सभामुख अग्नि सापकोटाले संसदलाई अगाडि बढाइरहेका छन् । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले उनको राजीनामासमेत मागिरहेको छ ।
प्रतिक्रिया