प्रधान सेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता


न्युज अफ नेपाल, काठमाडौं  । 

प्रधान सेनापति रथी प्रभुराम शर्मा र चिनियाँ राजदुत हाउ यान्छीबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ । यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।