मन्त्रीमा नियुक्त भएसँगै परराष्ट्रमन्त्री खड्का आज अमेरिका भ्रमणमा जाँदै


न्युज अफ नेपाल काठमाडौं ।

नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)अहिलेको अमेरिका भ्रमणको प्राथमिकतामा नरहेको बताएका छन् ।

 परराष्ट्रमन्त्री खड्काे टोली आज साढे ८ बजे अमेरिका प्रस्थान गर्दैछ । उनले पदभार ग्रहण गरेपछि अमेरिका भ्रमणका सन्दर्भमा भने, ‘हाम्रो टोली राष्ट्रसंघ महासभामा भाग लिन जान लागेको हो । भ्रमणमा एमसीसी प्राथमिकतामामा नरहेको स्पष्ट परेका छन् । साथै, एमसीसीबारे सिर्जना भएका मिथ्या कुरालाई ध्यानमा राखेर राष्ट्रको हितमा काम गर्ने पनि उनले बताएका छन् ।

उनले भने, ‘एमसीसीबारे सिर्जना भएका मिथ्या कुरालाई ध्यानमा राखेर राष्ट्रिय हित, सार्वभौमसत्ता र सुरक्षालाई ख्याल राखेर अघि बढ्छु ।’राष्ट्रसंघको महासभामा भाग लिन पाउनु खुसीको कुरासँगै कूटनीतिक सम्बन्ध विस्तारको अवसर पनि रहेको उनले भनेका छन् ।यसैगरी राष्ट्रसंघीय महासभामा भाग लिएर नेपाल फर्केपछि राजदूतहरु सिफारिस गर्ने समेत उनले बताएका छन् ।