माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै


न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बस्दैछ । दिउँसो तीन बजे तय गरिएको बैठकमा सरकारमा पठाउने मन्त्रीहरूको टुंगो लगाउने र सांगठानिक संरचनाबारे निर्णय हुने बताइएको छ ।

सरकार विस्तारमा ढिला हुँदा सरकारमाथि आलोचन बढ्न थालेको भन्दै हिजोको गठबन्धन बैठकमा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिन नभए माओवादीबाट मात्रै भए पनि मन्त्री बनाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जोड दिएका थिए ।

माओवादीबाट मात्रै भए पनि मन्त्रीहरु सहभागी गराउन प्रचण्डले दबाब दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले रामचन्द्र पौडेल पक्षसँग मन्त्रीको नाम मागेर आजै मन्त्रिपरिषद् विस्तार गर्ने सम्भावना रहेको स्रोत बताएकाे छ । आज नभए भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुनेछ ।