नायिका प्रियंका कार्कीलाई पुत्रीलाभ


न्युज अफ नेपाल ,काठमाडौं ।

नायिका प्रियंका कार्कीलाई पुत्रीलाभ भएको छ । उनले छोरीसहितको तस्वीर फेसबुकमा सार्वजनिक गरेकी छन् । सामाजिक संजालमार्फत प्रियंका र पति आयुष्मान देशराज जोशीले शिशुको तस्विर पोस्ट गरेकी छन् ।

उनले ‘हाम्रो सानो परी, संसारमा स्वागत छ । हाम्रो जीवनमा स्वागत छ’ भन्दै क्याप्सन लेखेकी छन् । उनले छोरीको नाम आयंका कार्की जोशी राखेकी छन् ।

गर्भवती भएपछि प्रियंकाले आफ्नो गर्भावस्थालाई लिएर सामाजिक संजालमा बेबी बम्प, बेबी सावर लगायतका तस्विर सार्वजनिक गरेकी थिइन् ।