विभिन्न देशका मुद्रासहित एक युवक पक्राउ


काठमाडौ ।

नेपाल एयरलाइन्सको उडानबाट दुबई जान लागेका एक नेपालीलाई बिभिन्न देशको बिदेशी मुद्रा सहित त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ ।

गुल्मीको छत्रकोट गाउंपालिका ४ का तुल्सीराम कडेललाई पक्राउ गरेको बिमानस्थल सुरक्षा कार्यायले जानकारी दिएको छ । कडेलले बोकेको खैरो रंगको लगेज चेकजांच गर्ने क्रममा उनले ब्याग भित्र फल्स बटम बनाई लुकाएर लैजान लागेको ५० हजार साउदी रियाल,दुवई दिराम ३सय ८०, १६ हजार ४ सय नेपाली रुपिया बरामद गरेको छ ।

पक्राउ परेका कडेलले उक्त रकम आफुलाई गुल्मी कै केशवराज कडेलले दुबई पु-याइदिन आग्रह गरेकाले रकम लिएर दुबई जान लागेको बताएको त्रिभुवन अन्तािरष्ट्रय सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेश बास्तोलाले जानकारी दिनुभयो ।प्रहरीले केशवराज कडेललाई समेत बिमानस्थालबाटै पक्राउ गरेको थियो । पक्राउ परेका कडेललाई कारवाहीकालागि राजश्व अनुसन्धान बिभागमा पठाएको छ ।