चरेस ओसारपसार गर्ने ९ जना प्रहरीको नियन्त्रणमा


न्युज अफ नेपाल, काठमाडौं ।

चकटीभित्र लागूऔषध चरेस राखेर ओसारपसार गर्ने गिरोहका ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

कपनस्थित हस्तकलाका सामान उद्योगबाट प्रहरीले ७ किलो ६२४ ग्राम चरेसहित उनीहरुलाई पक्राउ गरेको हो ।प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो ।