झापामा आगलगी हुँदा दुइको मृत्यु



भद्रपुर  । 

आगलागीमा परी घाइते भएका अर्जुनधारा नगरपालिका–७ पुष्पलाल मार्गका ४२ वर्षीय रोमनाथ खनाल र उनकी श्रीमती ३८ वर्षीया दुर्गाको मृत्यु भएको छ । उनीहरूको काठमाडौं कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सामाजिक अभियन्ता कमल पोख्रेलले जानकारी दिनुभयो ।

उहाँको अनुसार उपचारको क्रममा सोमबार राति पौने ८ बजे श्रीमान् र राति ११ः१५ बजे श्रीमतीको मृत्यु भएको बताउनुभयो । मृतक खनाल दम्पतीको काठमाडौँमै अन्त्येष्टि गरिने पारिवारिक सहमति भएको उहाँको भनाइ छ । आगलागीमा नै घाइते भएका उनीहरुका छोरा पंकजको अवस्था भने सामान्य रहेको जनाइएको छ । पंकजलाई अस्पतालले भोलि डिस्चार्ज दिने उहँले बताउनुभयो ।

गत भदौ २६ गते शनिवार साँझ ग्यास सिलिन्डर लिक हुँदा खनालको घरमा आगलागी भएको थियो । आगलागीमा परी खनाल परिवारका चार जना घाइते भएका थिए । रोम, उनकी श्रीमती दुर्गा, छोरा पंकज र आमा मंगलादेवी घाइते भएका थिए । तीनजना गम्भीर भए पनि मंगलादेवी सामान्य घाइते भएकी थिइन् ।

घाइतको झापामा उपचार सम्भव नभएपछि विराटनगर पठाइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि काठमाडौं लगिएको थियो । रोमका आमा, एक छोरा र एक छोरी छन् । आमा र छोरी अहिले छिमेकीको घरमा बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्