न्युज अफ नेपाल,धनगढी ।
कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि ढुङ्गामुढा प्रहार गर्ने भारतीय तस्करको समूहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने अर्जुन कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।
गस्तीमा खटिएका बेला भारतीय तस्करको समूहले ढुङ्गामुढा गर्दा सशस्त्र प्रहरीका तीन जवान घाइते भएका थिए । घाइते बीओपी दोधारा चाँदनीमा कार्यरत सुदीप सुनारसहितका उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले कुमारलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको जानकारी दिए ।











प्रतिक्रिया