पञ्जाबको मुख्यमन्त्रीमा चरनजीत सिंह चनी नियुक्त



काठमाडौ ।

पञ्जावको मुख्यमन्त्रीमा कांग्रेस नेता चरनजीत सिंह चनील नियुक्त भएका छन् । उनी पञ्जाब राज्यमा मुख्यमन्त्रीको पद सम्हाल्ने पहिलो दलित व्यक्ति भएका छन् ।

पञ्जाब राज्यपाल बनवारीलाल पुरोहितले राज भवनमा आयोजित समारोहबीच चन्नीलाई शपथ ग्रहण गराएका हुन् । चन्नीले पञ्जाबी भाषामा सपथ ग्रहण गरेका थिए । काङ्ग्रेस नेता अमरिन्दर सिंहले पदबाट राजीनामा दिएपछि कांग्रेसले आइतबार चन्नीलाई पञ्जाबको मुख्यमन्त्रीको रूपमा चयन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्