११४ अंकले घट्यो नेप्से, ८ अर्ब ४९ अर्ब कारोबार



न्युज अफ नेपाल, काठमाडौं ।

नेप्से परिसूचक आज ११४.०२ अंकले घट्दै २६९८.२५ विन्दुमा रोकिएको छ ।विहीबार २८ सयको विन्दुमा रहेको नेप्से घटेर २६ सयको हाराहारीमा आएको हो ।

आज १ करोड ७३ लाख ३० हजार ५३८ कित्ता सेयर किनबेचमा ८ अर्ब ४९ करोड ३४ लाख १ हजार ९ रुपैयाँको कारोबार भएको छ । दर्जन बढी कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज सबै समूहको उपसूचक रातम्मे भएका छन् भने सबैभन्दा धेरै फाइनान्स कम्पनी, हाइड्रोपावर तथा विकास बैंकका गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्