पछिल्लो २४ घण्टामा १,५११ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु


न्युज अफ नेपाल, काठमाडौ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार २०८ जनाको पीसीआर परीक्षणमा १ हजार १६५ र ३ हजार ९७१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३४६ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ६८९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।