जीप दुर्घटना हुँदा तीनको मृत्यु, एकजना गम्भीर घाइते


न्युज अफ नेपाल, काठमाडौं ।

रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ हात्तिसार कुनौलीमा आज बिहान जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको प्रदेश नम्बर ३ -०१-०२३-च-३५१३   नम्बरको जीप सडकबाट ६-७ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रीशंखर श्रेष्ठले जानकारी दिए।

घटनास्थलबाट एक जना बालकको उद्दार गरिएको छ। घाइते बालक अन्दाजी १२ वर्षीय पेम्बा शेर्पा छन्। उनी गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ। उनको उपचारको लागि तामाकोशी अस्पताल लगिएको छ।

ओखलढुंगा घर भएका अन्दाजी ३४-३५ वर्षीय लक्पा शेर्पा र उनकी श्रीमती फुरूबाको मृत्यु भएको छ। अर्का एक जनाको भने पहिचान नखुलेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।