बस्नेतले पाए किप्टो करेन्सी मुद्धामा सफाई


काठमाडौ ।

नेपाल राष्ट्र बैकले नेपालमा किप्टो करेन्सी (बिट क्वाइन) लाई कानुनी मान्यताकालागि गृह कार्य अगाडि बढाइरहेको बेला जिल्ला अदालत काठमाडौले त्यस बिरुद्ध परेको एउटा मुद्धालाई खारेज गरिदिएको छ ।

नेपालमा बिट क्वाईनको अबैध कारोवार गरेको आरोपमा प्रहरीले मुद्धा दायर गरेका दमन बस्नेत, मिङमार लामा, संन्जय खनाल,बिश्वबिक्रम राई र सौगातकुमार वाग्ले बिरुद्ध नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले जिल्ला अदालत काठमाडौमा दायर गरेको मुद्धामा दावी बमोजिम कसुर गरेको नदेखिएकाले आरोपितहरुलाई सफाई दिएको जिल्ला अदालत काठमाडैले गरेको फैसलामा उल्लेख गरिएको छ ।

सीआईवीका तत्कालिन प्रमुख पुष्कर कार्कीले उक्त काम नेपालमा अबैध भएको भन्दै सफाई पाएकाहरुलाई पक्राउ गरी गैर कानुनी रुपमा थुनामा समेत राखेका थिए । बस्नेतको तर्फबाट कानुन ब्यवसायी शम्भु थापा र शार्दुल थापाले बहस गरेका थिए