चितवनमा नेकपा एसले तोक्यो १४ जना प्रमुख


न्युज अफ नेपाल,चितवन ।

नेकपा (एकीकृत समाजवादी)चितवनको सचिवालय बैठकले १४ जनालाई विभिन्न जिम्मेवारी तोकेको छ । जिल्ला पार्टीको प्रचार विभाग प्रमुखमा विष्णुराज महतोलाई जिम्मेवारी दिइएको छ ।

आर्थिक विभागमा अरुणपीडित भण्डारी, संगठन विभाग प्रमुखमा कुलप्रसाद लामिछाने, स्कुल विभागमा जिल्ला अध्यक्ष कृष्ण पन्त, महिला विभागमा शुशिला लामिछाने, शिक्षा विभागमा अविरल भण्डारीलाई प्रमुखको जिम्मेवारी तोकेको छ ।

क्षेत्रीय इन्चार्जहरुमा क्षेत्र नम्बर १ मा कृष्ण पन्त, २ मा कृष्णराज न्यौपाने लब्लि, ३ मा अरुणपीडित भण्डारीलाई दिइएको छ । यस्तै इन्चार्जहरुमा भरतपुरमा नरेन्द्र कनदङवा, माडी नगरमा प्रेम तिमिल्सिना, रत्ननगरमा दुर्गाप्रसाद घिमिरे, खैरहनी नगरमा शम्भु लामिछाने र राप्तीमा हेमन्त कँडेल बनाइएको छ । नेकपा एस चितवनका प्रचार विभाग प्रमुख विष्णुराज महतोले असोजभित्र चितवनका सात वटै स्थानीय तहमा कमिटी गठन गरिने बताए ।