तुलसीपुरका मेयर हावाहुरी प्रभावित किसानको तरकारी बारीमा


तुलसीपुर ।

तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डे हावाहुरी प्रभावित किसानको बारीमा पुग्नु भएको छ । मंगलबार हावाहुरीसंगै आएको पानीले तुलसीपुर उपमहानगरपालिका–३ भट्टेमा डेढ विघाह क्षेफलमा लगएको टमाटर खेतिमा क्षेति पु-याएपछि नगर प्रमुख पाण्डे हावाहुरी प्रभावित किसानको बारीमा पुगेर क्षेतिको जानकारी लिनुभएको ।

किसानहरुलाई नआत्तिन सुझाउँदै नगर प्रमुख पाण्डेले कृषि प्राविधिकलाई क्षेतिको एकिन मुल्याङ्कन गर्न लगाएर आवश्यक राहतका लागि प्रकृया अघि बढाउने बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका–३ का वडाध्यक्ष विजय विक पनि नगर प्रमुख पाण्डेसंगै पिडित किसानकोमा पुग्नु भएको थियो ।प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना र तुलसीपुर उपमहानगर पालिकाको सहयोगमा गएको चैत्रमहिनादेखि तरकारी ब्लकको रुपमा त्यहाँका २५ घरधुरी किसानले व्यवसायीक तरकारी खेति गर्दै आइरहेका छन् ।

जसमध्य १४ जना किसानले लगाएको टमाटर खेतिमा हावाहुरीले पूर्णरुपमा क्षेति पु-याएको छ । हावाहुरीले ४० लाख बढीको क्षेति पुर्याएको भट्टे कृषी सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर वलीले जानकारी दिनुभयो । हावाहुरीले लटरम्म फलेका टमाटरका बिरुवा ढालेको छ भने टमाटरलाई छोपेका टनेल उडाएर क्षेति पुर्याएको छ ।