कार्यकर्ता भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली बुटवल जाँदै


न्युज अफ नेपाल, रूपन्देही ।

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल जाँदै छन्। रुपन्देहीका एमाले अगुवा कार्यकर्ता भेलालाई उनले सम्बोधन गर्नेछन् ।

केही दिनयता देशदौडाहमा निस्केका ओलीले मंगलबार आफ्नो गृहजिल्ला झापामा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए। बुटवल देवीनगर एन्फा मैदानमा हुने भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने छन्  ।

भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य महेश बस्नेत लगायतले सम्बोधन गर्ने एमाले लुम्बिनी प्रदेका सचिव भूमिश्वर ढकालले बताए ।