मन्त्रिपरिषद् बैठक बस्दै, संसद अधिवेशन अन्त्यको निर्णय हुँदै


न्युज अफ नेपाल, काठमाडौं ।

प्रमुख पतिपक्ष दल नेकपा एमालेले लगातार संसद बैठक अवरुद्ध गरेपछि सरकारले चालु अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषद्को बैठकले संसद बैठक अन्त्य गर्नको लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने तयारी गरेको छ ।

संसद बैठकमा लगातार अवरुद्ध हुँदा संसदमा पेश गरिएका एक दर्जन भन्दा बढी अध्यादेश पारित हुन सक्ने अवस्था नरहेकाले सरकारले संसद बैठक अन्त्य गरेर पुनः अध्यादेशबाटै बजेट ल्याउने भएको छ ।

स्रोतका अनुसार सरकारले राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश निस्क्रिय बनाउन प्रतिस्थापन अध्यादेश ल्याएर मन्त्रिपरिषद्लाई पूर्णता दिने गृहकार्य अगाडि बढाएको छ ।