सामाजिक सुरक्षा कार्यक्रम लागू गर्न महासंघ तयार

94
Shares

काठमाडौं, (नेस) ।

सरकारले लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्न तयार रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ । नेपाल ट्रेड युनियन महासंघ ९जिफन्ट० सँग सोमबार भएको छलफल कार्यक्रममा अध्यक्ष श्याम गिरीले सामाजिक सुरक्षा कार्यक्रम लागु गर्ने विषयमा महासंघ प्रतिबद्घ रहेको बताउनुभयो ।

उद्योगमा काम गर्ने कामदारको सुरक्षा महासंघको प्रमुख प्राथमिकता रहेको भन्दै उहाँले उद्योगमा कार्यरत श्रमिकसँगको सम्बन्धलाई महासंघले सधैँ उच्च प्राथमिकतामा राख्दै आएको बताउनुभयो । कार्यक्रमको अवधारणा महासंघले वर्षौंदेखि उठाउँदै आएको जानकारी दिंँदै अध्यक्ष गिरीले भन्नुभयो–‘तर घोषणा गर्ने क्रममा अर्थ मन्त्रालयले उद्योगीहरुमा केही भ्रम पैदा गरेको हुनाले अलमल भएको हो ।’

छलफलमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बागमती प्रदेश संगठन कमिटीले सामाजिक सुरक्षा कार्यान्वयनसम्बन्धी ध्यानाकर्षण पत्र महासंघलाई बुझाएको थियो । ध्यानाकर्षण पत्र महासंघलाई बुझाउँदै जिफन्ट बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष रामहरी नेपालले न्यून पारिश्रमिकमा अधिकतम उत्पादकत्व सम्भव नभएको भन्दै निश्चिन्त भएर काम गर्ने वातावरण निर्माण गरिनुपर्नेमा जोड दिनुभयो । २०७५ साल मंसिर ११ गते सरकारद्वारा आयोजना गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा घोषणा समारोहमा नेपालका सबै उद्योग व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, ट्रेड युनियन महासंघ तथा अन्तर्राष्ट्रिय श्रम संगठन ९आईएलओ० को समेत सहभागिता रहेको जानकारी दिँंदै उहाँले नेपालका उद्योग व्यवसायीका प्रतिनिधिहरुले कोषको कार्यान्वयन गर्ने प्रतिवद्घताका साथै कोषको सञ्चालक समितिमा समेत रहेको बताउनुभयो ।