महिला उद्यमी अन्तर्राष्ट्रिय व्यापार मेला गर्दै



काठमाडौं, (नेस) ।

महिला उद्यमी महासंघ नेपालले अनलाइनमर्फत् भर्चुअल व्यापार मेला आयोजना गर्ने भएको छ । महासंघले भदौ १७ देखि २१ गतेसम्म ‘सहकार्य गरौं, सफल बनौं’ भन्ने नाराका साथ पा“चौ अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गर्न लागेको हो ।

महासंघले भर्चुअल माध्यमबाट आयोजना गर्न लागेको मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ १६ गते भर्चुअल माध्यमबाट गर्नुहुने ककार्यक्रम छ । नेपालमा उत्पादन भएका वस्तु एवम् हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रवद्र्धन गर्ने गरी महिला उद्यमीहरुलाई भर्चुअल माध्यमबाट वस्तु तथा सेवाको प्रदर्शनी, प्रवद्र्घन, बजारीकरण र बिक्रीका लागि साझा स्थल सिर्जना गर्ने, अनलाइन बजारीकरणको लागि महिला उद्यमीलाई प्रोत्साहन गर्ने, सरोकारवाला तथा महिला उद्यमीबीच सम्बन्धको स्थापना र सञ्जालिकरण निर्माणका लागि प्रोत्साहन गर्ने उघेशय रहेको छ ।

त्यस्तै नयाँ उत्पादन, सेवा तथा प्रविधिलाई लागत प्रभावकारी प्लेटफर्मतर्फ प्रोत्साहन गर्ने, उत्पादन र क्रेताहरुको एक विस्तृत दायरामा ल्याई एउटै प्लेटर्फमबाट लाभ लिने, व्यवसायीदेखि उपभोक्तासम्मको सम्पर्क तथा समन्वयको लागि उत्कृष्ट अनलाइन अवसरको खोजी गर्ने, वुमेन इन बिजनेस ई–पोर्टल को माध्यमबाट भर्चुअल एक्स्पोमा प्रदर्शित महिला उद्यमीहरु उत्पादनको बाजारीकरणलाई निरन्तरता दिने रहेको छ ।

मेलाको आयोजनामा अन्तर्राष्ट्रिय श्रम संगठन, एफसीए, द एसिया फाउन्डेसन, अन्तलेर्राष्ट्रिय श्रम संगठन आदि संस्थाहरुले सहयोग गरेका छन् । मेलामा ७९ स्टलहरु रहनेछन र तीमध्ये ५७ महिला उद्यमीहरुका स्टल र २२ जिल्ला महिला उद्यमी संघलाई प्रतिनिधित्व गर्ने स्टल रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्